भक्तियोग:- श्रीमद्भगवद्गीता- Gita-Bhakti Yoga-Nepali Translation
Home » Law Library Updates » Sarvarthapedia » Education, Universities and Courses » Culture, Value & Civilisation » Vedic Sanskrit Culture » भक्तियोग:- श्रीमद्भगवद्गीता- Gita-Bhakti Yoga-Nepali Translation
द्वादश अध्याय-Nepali Translation
अर्जुन उवाच
एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।
ये चाप्यक्षरमव्यक्तं तेषां के योगवित्तमाः ।।१ ।।
Read Next
तपाईंको भजन कीर्तनमा लागिरहने निरन्तर युक्त छन् र अर्का थरी जसले अविनाशी अव्यक्त निराकार ब्रह्मको नै राम्ररी उपासना गर्छन् । तिनीहरुउपासक मध्ये उत्तम योग वेत्ता को हो ?
श्रीभगवानुवाच
मय्यावेश्य मनो ये मां नित्ययुक्ता उपासते ।
श्रद्धया परायोपेतास्ते मे युक्ततमा मताः ।।२।।
Read Next
ममा मनलाई एकाग्र गरेर निरन्तर भक्तिमा लागेका ती भक्तजन अति श्रेष्ठ श्रद्धाले युक्त भएर मलाई उपासना गर्छन् उनी उत्तम योगी हुन् भन्ने मेरो मत छ ।
ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्युपासते ।
सर्वत्रगमचिन्त्यं च कूटस्थमचलं धु्रवम् ।। ३ ।।
सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुद्धयः ।
ते प्राप्नुवन्ति मामेव सर्वभूतहिते रताः।।४।।
तर जसले इन्द्रियग्रामलाई राम्ररी वशमा गरेर मनबुद्धिभन्दा पर सर्वव्यापी अकथनीय स्वरुप र सदा एकनास रहने अटल अचल निराकार अविनाशीको राम्रर उपासना गर्छन् उनी सबै भूतप्राणीको हितमा व्यस्त र सबवृत्र
Read Next
समबुद्धिभएा योगीले पनिमलाई नै प्राप्त गर्छन् ।
क्लेशोsधिकतरतेषामव्यक्तासक्तचेतसाम् ।
अव्यक्ता हि गतिर्दुःखं देहविद्भरवाप्यते ।।५ ।।
तिनीहरु जो अव्यक्त निराकार ब्रह्ममा आसक्ति राख्छन्, लाई बढी क्लेश हुन्छ किनभने देहाभिमानीहरुद्वारा अव्यक्त विषयक गति दुखपूर्वक प्राप्त गरिन्छ ।
ये तुसर्वाणि कर्माणि मयि सन्न्यस्य मत्पराः ।
अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।।६ ।।
तर जुन मेरो परायण छन् सबै कर्महरुलाईममा समर्पण गरेर म सगुण लाई नै अनन्य भक्तियोगबाट ध्यानद्वारा उपासना गर्छन् ।
तेषमहं समुद्धर्ता मृत्युसंसारसागरात् ।
सभवामि नचिरात्पार्थ मय्यावेशित चेतसाम् ।।७।।
हे पार्थ, तिनीहरु ममा चित्त लगाउने भक्तहरुको मैले संसार सागरबाट तुरुन्तै समुद्धार गरीदिन्छु ।
मय्येव मन आधत्स्व मयि बुद्धिं निवेशय ।
निवसिष्यसि मय्येव अत उध्र्वं न संशयः ।।८।।
ममा मन लगाउ, ममा बुद्धि लगाउ, त्यस पछि मलाई नै प्राप्त हुनेछौ । यसमा रत्तिभर शंका छेन ।
अथ चित्तं समाधातुं न शक्नोषि मयि स्थिरम् ।
अभ्यासयोगेन ततो मामिच्छपतु. धनञ्जय ।।९।।
यदि तिमीले मनलाई ममा स्थिर गराउन सक्दैनौ भने हे धन१जय, अभ्यायोगद्वारा मलाई प्राप्त गर्ने इच्छा गर ।
अभ्यासे sप्यसमर्थोसि मत्कर्मपरमो भव ।
मदर्थमपि कर्माणि कुर्वन्सिद्धिमवाप्स्यसि ।।१०।।
यस अभ्यासमा पनि समर्थ छेनौ भने सबै कर्म मेरा लागि गर्ने व्रत लेउ । मेरालागि कर्महरु गर्दा पनि सिद्धि प्राप्त हुनेछ ।
अर्थतदप्यशक्तोsसि कर्तुं मद्योगमाश्रितः ।
सर्वकर्मफलत्यागं ततः कुरु यतात्मवान् ।।११।।
यदि मसंग योग मेरो प्राप्ति को आश्रित भएर यी सबै साधन गर्न असमर्थ छौ भने मन बुद्धि आदिमा विजय प्राप्त गरेर सर्वकर्मफल त्याग गर ।
श्रेयो हि ज्ञानभ्यासाज्ज्ञानाद्ध्यानं विशिष्यते ।
ध्यानात्कर्मफलत्यागस्तयागाच्छान्तिरनन्तरम् ।।१२।।
अभ्यासभन्दा ज्ञान श्रेय श्रेष्ठ छ, ज्ञानबाट ध्यान श्रेष्ठ छ, ध्यानभन्दा पनि कर्मफल त्याग श्रेष्ठ छ । किनभने त्यागगरे पछि तत्काल परमशान्ति प्राप्त हुन्छ ।
अद्वेष्टा सर्वभूतानां मैत्रः करुण एव च ।
निर्ममो निरहंकार समदुखसुख क्षमी ।।१३।।
सन्तुष्टः सततं योगी यतात्मा दृढ निश्चयः ।
मय्यर्पित मनोबुद्धिर्यो मद्भक्तः स मे प्रियः ।।१४।।
जसले सबै प्राणीहरुमा द्वेष भाव रहित मित्रतापूर्ण र करुणापूर्ण ममतारहित अहंकार रहित सुखदुखमा सम, क्षमावान, सन्तुष्ट, मनइन्द्रियलाई संयत राखेको, दृढ निश्चयी र मनबुद्धि ईश्वरमा अर्पण गरेको छ भने यस्तो योगी मेरो भक्त मलाई प्रिय छ ।
यस्मान्नोद्वितजे लोको लोकान्नोद्विजते च यः ।
हर्षामर्षभयोद्वेगैर्मुक्तो यः स च मम प्रियः ।।१५।।
जसप्रति लोक उद्वेग प्राप्त हुंदैन र जो लोकप्रति उद्वेग भाव राख्दैन, जो हर्ष, अमर्ष, भय र उद्वेगबाट मुक्त छ भने त्यो भक्त मलाई प्रिय छ ।
अनपेक्ष: शुचिर्दक्ष उदासीनो गतव्यथ:।
सर्वारम्भपरित्यागी यो मद्भक्तः समे प्रियः ।।१६।।
जो अपेक्षारहित, शुद्ध, दक्ष, उदासीन, व्यथाबाट मुक्त छ त्यो सर्वारम्भ परित्यागी मेरो भक्त मलाई प्रिय छ ।
यो न हृष्यति न द्वेष्टि न शोचति न कांक्षति ।
शुभाशुभपरित्यागी भक्तिमान्यः स मे प्रियः ।।१७।।
न हर्षित हुन्छ,न द्वेष गर्छ, न शोक गर्छ, न आकांक्षा गर्छ, जो शुभ अशुभ त्याग गरिसकेको छ, यस्तो भक्तिमान व्यक्ति मलाई प्रिय छ ।
समःशत्रौ च मित्रे छ तथा मानापमानयो: ।
शीतोष्णसुखदुखेषु समः संगविवर्जितः ।।१८
जो शत्रु, मित्र, मान अपमानमा एक नाश छ, सर्दी गर्मी दुख सुखमा सम छ । सबै प्रकारका आसक्ति पत्यिाग गरिसकेको छ… ।
तुल्य निन्दास्तुतिर्मौनी सन्तुष्टो येन केनचित् ।
अनिकेतः स्थिरमतिर्भक्तिमान्मे प्रियो नरः ।।
निन्दा स्तुतिमा एक समानछ, मननशील छ, सामान्य जीवन निर्वाहबाट सन्तुष्ट छ, अनिकेत छ , स्थिर बुद्धि छ, यस्ते भक्तिमा मानिस मलाई प्रिय छ ।
ये तु धम्र्यामृतमिदंयथोक्तं पर्युमासते ।
श्रद्दधाना मत्परमा भक्तास्तेद्रतीव मे प्रियाः ।।२०
तर जुन श्रद्धावान मानिस मेरो परायण भइ यहां भनिएका धर्म मय अमृतलाई राम्ररी उपासना गर्छन् उनीहरु मलाई अति प्रिय छन् ।
ॐ तत्सदिति श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादे भक्तियोगोे नाम द्वादशोऽध्यायः ।।